Lite Nepal

शनिबार, कार्तिक ०१, २०८३

लस एन्जलस । मेक्सिकोको क्यालिफोर्निया प्रायद्वीपको तटनजिकै समुद्रमा डुब्न लागेको डुंगाबाट अमेरिकी कोस्ट गार्डले १६ जनाको उद्धार गरेको छ भने अन्य ११ जना अझै बेपत्ता छन्।

शुक्रबार स्थानीय समयअनुसार बिहान करिब १ बजे सान डिएगोस्थित कोस्ट गार्डले डुङ्गामा पानी भरिएको भन्दै आएको आपत्कालीन सन्देश प्राप्त गरेको थियो।

उक्त घटना मेक्सिकोको एन्सेनाडा सहरबाट करिब २२५ किलोमिटर पश्चिममा भएको हो।

उद्धार अभियानमा कोस्ट गार्डका विमान तथा जहाजसँगै अमेरिकी नौसेनाको यूएसएस किङ्सभिल जहाज र हेलिकप्टर परिचालन गरिएको थियो। खोजीका क्रममा डुङ्गाका अवशेष फेला परेका थिए।

उद्धार गरिएका १६ जनालाई थप स्वास्थ्य परीक्षणका लागि स्थानीय अस्पताल पठाइएको छ।

उनीहरूमध्ये दुई जना मेक्सिकन नागरिक रहेको अधिकारीहरूले बताएका छन्।

कोस्ट गार्डका अनुसार डुंगामा ठूलो सङ्ख्यामा मानिस सवार थिए र त्यसले अवैध समुद्री तस्करीमा प्रयोग हुने मार्ग पछ्याइरहेको थियो। घटनाको कारण खुलेको छैन। बेपत्ता व्यक्तिहरूको खोजी जारी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं