Lite Nepal

बिहिबार, कार्तिक ०६, २०८३

काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरेको नि:शुल्क बस सेवाबाट दुई दिनमा कुल १ हजार ४०६ जना सर्वसाधारण लाभान्वित भएका छन्।

सर्वसाधारणको आवागमनलाई सहज बनाउने उद्देश्यले सञ्चालित उक्त सेवाबाट पुरुष तथा महिला यात्रुले सुविधा लिएका हुन्।

नेपाल प्रहरीद्वारा सार्वजनिक विवरणअनुसार कात्तिक ३ गते २३६ पुरुष र २७४ महिला गरी कुल ५१० जनाले नि:शुल्क बस सेवा उपयोग गरेका थिए।

उक्त दिन तीनवटा बसमार्फत एक सिफ्टमा यात्रुहरूलाई सेवा प्रदान गरिएको थियो।

त्यस्तै, कात्तिक ४ गते नि:शुल्क बस सेवा लिने यात्रुको संख्या बढेको छ। सो दिन ४३३ पुरुष र ४६३ महिला गरी कुल ८९६ जनाले सेवा लिएका थिए।

तीनवटा बसमार्फत दुई सिफ्टमा यात्रुहरूलाई यातायात सुविधा उपलब्ध गराइएको थियो।

प्रहरीको तथ्यांकअनुसार दुई दिनमा ६६९ पुरुष र ७३७ महिला गरी कुल १ हजार ४०६ जना यात्रुले नि:शुल्क बस सेवा लिएका छन्।

पहिलो दिनको तुलनामा दोस्रो दिन सेवा लिने यात्रुको संख्या ३८६ जनाले वृद्धि भएको देखिन्छ।

नि:शुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्नुका साथै यातायात खर्चसमेत बचत गर्न सहयोग पुर्‍याएको छ।

विशेषगरी सार्वजनिक यातायातको उपलब्धता सीमित हुने समयमा यस्तो सेवाले यात्रुहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं