Lite Nepal

बिहिबार, कार्तिक ०६, २०८३

काठमाडौं । वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालका पनि सरकारी वेबसाइट बन्द भएका छन् ।

सम्बन्धित संस्थालाई PHP को सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरु अस्थायी रूपमा बन्द राख्न साइबर सुरक्षा निकायहरूलेआग्रह गरेका थिए ।

बुधबार दिउँसो ती कमजोरी समाधान गर्ने सुरक्षा अपडेट जारी गरिएको थियो । तर, समयमै अपडेट गर्न नसक्ने संस्थालाई आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गर्न सुझाव दिइएको थियो ।

आज बिहीबार बिहानसम्म नेपालका डट जीओभी डट एनपी वेबसाइटहरु खुलेका छैनन् । नेपालका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय र पालिकाका वेबसाइटहरु खुलेका छैनन् ।

सुरक्षा जोखिमकै कारण फिनल्यान्ड सरकारले पनि आफ्ना सार्वजनिक वेब सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । बेलायतको एडिनबरा काउन्सिल र बीबीसीले पनि आफ्ना केही वेब पृष्ठ अफलाइन गरेका छन् । नेदरल्यान्ड्सको साइबर सुरक्षा निकायले समेत जोखिमका कारण आफ्नो वेबसाइट अस्थायी रूपमा बन्द गर्ने जनाएको छ ।

अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले पनि सामाजिक सञ्जाल एक्समार्फत सुरक्षा अपडेट गर्न नसक्ने संस्थालाई आफ्ना प्रणाली अफलाइन राख्न सुझाव दिएको छ ।

यी दुई सुरक्षा कमजोरी कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा पत्ता लागेका हुन् । साइबर सुरक्षा कम्पनी विज (ध्ष्श) ले यी कमजोरीलाई एआई प्रविधिबाट पत्ता लागेका अहिलेसम्मकै सबैभन्दा गम्भीर कमजोरीमध्येका रूपमा व्याख्या गरेको छ ।

एआई प्रविधिको तीव्र विकाससँगै साइबर सुरक्षाको क्षेत्रमा पनि ठूलो परिवर्तन भइरहेको छ । यसले सफ्टवेयरमा लुकेका कमजोरी पहिचान गर्न सहयोग पुर्‍याइरहेको छ । तर, यस्ता कमजोरीको दुरुपयोग हुन नदिन समयमै सुरक्षा उपाय अपनाउनु पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ ।

यसैबीच, ह्वाइट हाउसले अमेरिकी संघीय निकायहरू सुरक्षा समस्या समाधान गर्न प्रमुख एआई प्रयोगशालाहरूसँग सहकार्य गरिरहेको जनाएको छ । जोखिम न्यूनीकरण गर्न र सुरक्षा अपडेट कार्यान्वयनलाई तीव्रता दिन यस्तो सहकार्य गरिएको हो ।

साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई PHP को सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा जोखिमयुक्त प्रणाली अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं