Lite Nepal

बिहिबार, कार्तिक ०६, २०८३

काठमाडौं । यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमाथि आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित दूतावासबाट गैर–आकस्मिक कर्मचारी तथा उनीहरूका परिवारलाई देश छाड्न आदेश दिएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटका अनुसार हुथी आक्रमणबाट विमानस्थल, तेल पूर्वाधार तथा अन्य महत्त्वपूर्ण संरचनामा जोखिम बढेको छ।

यसैबीच, साउदी अरबले बुधबार कम्तीमा सातवटा ड्रोन निष्क्रिय पारेको जनाएको छ। शायबाह तेल क्षेत्रलाई लक्षित आक्रमणमा दुई विदेशी कामदारको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बढ्दो सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अमेरिकाले आफ्ना कर्मचारीलाई विमानस्थल प्रयोग गर्न विशेष अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।

बेलायतले साउदीको रक्षा गर्न लडाकु विमान तैनाथ गर्ने जनाएको छ भने इजिप्टले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्ध प्रत्यक्ष सैन्य आक्रमण गर्ने निर्णय गरिसकेका छैनन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं