Lite Nepal

बिहिबार, कार्तिक ०६, २०८३

काठमाडौं । अर्को हप्ता झरीको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन् । अर्को हप्ता झरीको सम्भावना रहेको भन्दै उनले त्यसको ख्याल गर्न आग्रह गरेका छन् ।

मौसम पूर्वानुमानका विभिन्न मोडेलहरूले आउँदो हप्ता झरी पर्ने सम्भावना रहेको उनले प्रस्ट पारेका छन् । “अहिले लगभग सबै मोडेलले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको प्रभावले अर्को हप्ता झरी पर्ने देखिन्छ,” उनले भने ।

मंगलबारदेखि करिब एक हप्ताभन्दा बढी समय नेपालका धेरै क्षेत्रमा वर्षा हुने संकेत मोडेलहरूले देखाएको मौसमविद् पोखरेलले बताएका छन् ।

“केही ठाउँमा भारी वर्षा पनि हुन सक्छ । तर, वर्षाको स्थान र मात्रा फरक देखिएकाले अहिले नै कुन ठाउँमा कति पानी पर्छ भनेर तोक्न गाह्रो छ,” फेसबुकमा उनी लेख्छन्, “पूर्वानुमान अझै फेरिन सक्छ ।”

मंगलबारदेखि धान काट्ने योजना छ भने मौसमको अपडेट हेरेर निर्णय गर्न उनले सुझाएका छन् । “सम्भव भए त्यसअघि नै काटेर सुरक्षित रूपमा भित्र्याउन वा वर्षा सकिएपछि काट्ने गरी योजना मिलाउँदा राम्रो हुने उनको भनाइ छ । केही स्थानमा असिनासहित वर्षाको सम्भावना पनि देखिएकाले यसतर्फ ध्यान दिन उनको आग्रह छ ।

“हिमाली क्षेत्रमा जोखिम बढी हुन सक्ने भएकाले विशेष सावधानी आवश्यक छ,” उनी अगाडि लेख्छन्, “यात्रा वा ट्रेकिङमा हुनुहुन्छ अथवा जाने तयारीमा हुनुहुन्छ भने नियमित मौसम अपडेट र आधिकारिक सूचनाअनुसार योजना मिलाउनुहोला ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं