Lite Nepal

शनिबार, कार्तिक ०८, २०८३

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनमाथि कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन ९मापसे० गरी सवारीसाधन चलाउने १०२, सीसी क्यामरामार्फत पहिचान भएका ३९ र रातो बत्ती उल्लंघन गर्ने २० चालक कारबाहीमा परेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी)  नरेशराज सुवेदीका अनुसार तीव्र गतिमा सवारीसाधन चलाउने ५७, अनावश्यक हर्न बजाउने आठ र लेन अनुशासन उल्लंघन गर्ने तीन सवारीसाधनमाथि पनि कारबाही गरिएको छ ।

त्यसैगरी, सवारीसाधनको अवस्था ठीक नभएका दुई र अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले चाडपर्वका समयमा सवारी नियम उल्लंघन गर्ने चालकलाई लक्षित गरी निगरानी र कारबाहीलाई तीव्रता दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं