काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) पनि देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जनाएको छ ।
महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै, आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको तराई भू–भाग, उपत्यका तथा खाँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।