विराटनगर । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यमा बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो अघिल्लो दिनको तुलनामा ३ सय ले बढेर कारोबार भएको सुन् आज एकै दिन ८ सयले बढेको हो ।

यता चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोता ३ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी हिजोको तुलनामा २५ रुपैयाँ घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।