Lite Nepal

बुधबार, कार्तिक ११, २०८३

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । धेरै स्थानमा रुख र बिजुलीका पोल ढलेका छन् । सावधानीका लागि विद्युत् आपूर्ति बन्द गरिएको छ ।

चक्रवातको प्रभाव आगामी दुई दिनसम्म रहन सक्ने अधिकारीहरूले बताएका छन् । बीबीसीका अनुसार चक्रवात तटमा ठोक्किनुअघि भारी वर्षा भएको थियो । मौसम विभागका अनुसार यो यानमको दक्षिणमा बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रमा पुगेको थियो । त्यसबेला हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म रहेको जनाइएको छ ।

कोनासीमा जिल्लामा मात्रै करिब ६ हजार बिजुलीका पोल ढलेको अधिकारीहरूले बताएका छन् । प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।

आन्ध्र प्रदेशका ऊर्जा मन्त्री गोट्टिपति रवि कुमारले बीबीसी तेलुगुसँग चक्रवातको प्रभाव कम भएको २४ घण्टाभित्र सबै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापना गर्ने प्रयास भइरहेको बताएका छन् ।

चक्रवातका कारण रेल सेवा पनि प्रभावित भएको छ । दर्जनौँ रेल रद्द गरिएको विवरणमा उल्लेख छ ।

आन्ध्र प्रदेशभर उडान सेवा प्रभावित भएको खछ । एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसद्वारा सञ्चालित कम्तीमा १९ वटा उडानहरू रद्द गरिएको छ । इन्डिगो एयरलाइन्सले पनि प्रभावित विमानस्थलहरूमा आफ्ना उडान सेवाहरू स्थगित गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं