Lite Nepal

बुधबार, कार्तिक ११, २०८३

काठमाडौं । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरवलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ ।

आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार, बढुवा सिफारिस समितिको सचिवालयबाट गरिएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची धमाधम प्रकाशन गरिएको हो ।

‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ (संशोधनसहित)को परिच्छेद १५ अन्तर्गत व्यवस्था भएबमोजिम आयोगले प्राप्त कागजात र प्रमाणहरूको अध्ययन गरी सम्बन्धित जिल्ला तथा तहका शिक्षकको बढुवा नतिजा कायम गर्ने गरी नतिजा प्रकाशन थालेको आयोगले जनाएको छ ।

विभिन्न प्रदेशका शिक्षा हेर्ने मन्त्रालय मातहतको शिक्षा विकास निर्देशनालयबाट भएका कार्यसम्पादन मूल्यांकनमाथि परेका उजुरीमाथिको अध्ययन/छानबिनबाट पुनरवलोकनको नतिजा प्रकाशन गर्दै आएकामा पछिल्लो ६ महिना आयोगका पदाधिकारी रिक्त रहेका कारण पुनरवलोकन कार्य रोकिएको थियो । आयोगले यही कात्तिकमा माध्यमिक द्वितीय तहको इलाम, सुनसरी, झापा, सोलुखुम्बु तथा गत असोज २९ गते प्राथमिक द्वितीयको लमजुङ, बाग्लुङ, गोरखा, नवलपरासी बर्दघाट सुस्ता पूर्व र कास्कीको पुनरवलोकन नतिजा प्रकाशन गरेको छ ।

नेपाल सरकारले गत भदौ २५ गते आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्सालसहित पदाधिकारी नियुक्त गरेको थियो । गत वैशाख १८ गते जारी भएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बाट आयोगका पदाधिकारी रिक्त भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं