Lite Nepal

बुधबार, कार्तिक ११, २०८३

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढेर २,६६४ को विन्दुमा कायम भएको छ । आज २४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४८ कम्पनीको १ करोड ९३ लाख ९७ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लिबर्टी इनर्जीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २८ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावरको २६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । बुटवल पावरका लगानीकर्ताले १० दशमलव ६० प्रतिशतका दरले कमाएका छन् । सुपर खुदीका लगानीकर्ताले ६ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै प्राइम डिबेञ्चर २०८८ का इकाइृधनीले गुमाएका छन् । आज यसका इकाईधनीले २ दशमलव ९६ प्रतिशतका दरले गुमाएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं