Lite Nepal

बुधबार, कार्तिक ११, २०८३

सुनसरी । मोरङ विराटनगर उपमहानगरपालिका–६ का ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीयवासी ३६ वर्षीय अफरोज आलम, १३ वर्षीय र १६ वर्षीय नवालक रहेको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।

गुप्ता धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गुप्ताको कात्तिक ८ गते आइतबार बिहान बर्जू गाउँपालिकामा रहेको केशलीया खोलाको किनारमा बोरामा फालेको अवस्थामा शव फेला परेको थियो ।

पानी तान्ने मोटरको तार अफ्रोज आलमले चोरी गरेको भनी मृतक गुप्ताले हल्ला फैलाएको विषयमा बिबाद हुदा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी उपरीक्षक मल्लले बताए ।

सोही विवादका कारण गुप्तालाई घरमै बोलाएर हत्या गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं