Lite Nepal

बुधबार, कार्तिक १८, २०८३

विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्समक्ष थारू आयोगका सदस्य भोलाराम चौधरीले आयोगको आर्थिक वर्ष २०८२/८३ को आठौँ वार्षिक प्रतिवेदन पेस गरेका छन् । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुखसमक्ष उक्त प्रतिवेदन पेस गरिएको हो। प्रतिवेदनमा थारू समुदायको हक, अधिकार, पहिचान, भाषा, संस्कृति तथा समग्र उत्थानका लागि आयोगले गरेका कामकारबाही र गतिविधिहरू समेटिएका छन्।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङ्ले आयोगको काम, कर्तव्य र जिम्मेवारी प्रभावकारी रूपमा अघि बढाउनुपर्ने विषयमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं