Lite Nepal

बुधबार, कार्तिक १८, २०८३

बझाङ। बझाङको केदारस्युँ गाउँपालिका–७ भानचौरस्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बुधवार बिहान  केदारस्युँ गाउँपालिका–७ भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा परी केदारस्युँ गाउँपालिका–७ काँडाचौर निवासी अन्दाजी २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते हुनेहरूमा केदारस्युँ गाउँपालिका–७ निवासी ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी र २२ वर्षीया रेखा धामी रहेका छन्। त्यस्तै, दुर्गाथली गाउँपालिका–६ निवासी ४२ वर्षीया शारदा धामी जाग्री र ४२ वर्षीय रामकुमार धामी पनि घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। दुर्घटनापछि जिपमा सवार यात्रुहरूको विवरण संकलन गर्ने कार्य भइरहेको छ भने दुर्घटनाको कारण र घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं