विराटनगर । आज पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १२ दशमलव ९५ अंकले घटेर २,६५२ को विन्दुमा कायम भएको छ ।
दिनभरिमा ३४९ कम्पनीको १ करोड २३ लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । यस कम्पनीको १८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यस्तै नेपाल पुनर्बीमाको १४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने घलेम्दी हाइड्रोको १४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कुमारी सबल योजनाका इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले २ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् ।
यस्तै स्नो रिभर्सका लगानीकर्ताले २ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् भने एशियन हाइड्रोका लगानीकर्ताले २ दशमलव ७० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै केबिएल डिबेञ्चर २०८६ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका हुन् ।