Lite Nepal

बिहिबार, कार्तिक १९, २०८३

काठमाडौं । नेपाल आयल निगमले प्रस्ताव गरेको ग्यासको दोहोरो मूल्य प्रणालीप्रति नेपाल एलपी ग्यास उद्योग संघले असहमति जनाएको छ । संघले बिहीबार निगमलाई तीनबुँदे लिखित जवाफ बुझाउँदै ३० प्रतिशतको सट्टा हाललाई १० प्रतिशत ग्यास मात्र व्यावसायिक प्रयोजनका लागि छुट्याउन प्रस्ताव गरेको छ ।

संघले ग्यास परल मूल्यमा बिक्री गरी लक्षित वर्गलाई वाणिज्य बैंकमार्फत अनुदान उपलब्ध गराउन पनि माग गरेको छ । त्यस्तै, फरक तौलका सिलिन्डर ल्याउनुको सट्टा हाल प्रचलनमा रहेका १४.२ किलोका सिलिन्डरलाई घरायसी प्रयोजनका लागि रातो र व्यावसायिक प्रयोजनका लागि निलो रङमा छुट्याउनुपर्ने संघको प्रस्ताव छ ।

सरकारले फरक तौलका सिलिन्डर नै लागू गर्ने भए उद्योगहरूलाई तयारीका लागि कम्तीमा दुई वर्षको समय दिनुपर्ने संघका अध्यक्ष दिवान चन्दले बताए । संघले निगम र उद्योगीबीच २० फागुन २०८१ मा भएको सहमतिअनुसार मुनाफालाई प्रतिशतमा कायम गर्ने व्यवस्था पनि शीघ्र कार्यान्वयन गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं