Lite Nepal

शुक्रबार, कार्तिक २०, २०८३

धनकुटा । धनकुटा नगरपालिका-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा ट्रक र दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार हिलेबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश नं. १–०२–००२ ख ०४७४ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको को १० प ९६८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो । उक्त दुर्घटनामा विपरीत दिशाबाट आउँदै गरेको को ३८ प ३०६८ नम्बरको अर्को मोटरसाइकलसमेत ठोक्किएको थियो ।

दुर्घटनामा को १० प ९६८ नम्बरको मोटरसाइकलमा सवार धनकुटा नगरपालिका-१ निगालेकी करिब ५१ वर्षीया ठोमादेवी ठकुरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलका चालक धनकुटा नगरपालिका-३ निगाले निवासी करिब ५३ वर्षीय गुणराज ठकुरी गम्भीर घाइते भएका छन् । उनलाई उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

त्यस्तै, को ३८ प ३०६८ नम्बरको मोटरसाइकल चालक मोरङको विराटनगर महानगरपालिका-१ का २० वर्षीय रोशन तामाङ सामान्य घाइते भएका छन् । उनको पनि जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

दुर्घटनामा परेका ट्रक चालक सुनसरीको धरान उपमहानगरपालिका–२० निवासी ३८ वर्षीय चाङबहादुर तामाङ, ट्रक तथा दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।

मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं