उदयपुर । उदयपुरको बेलका नगरपालिकाबाट प्रहरीले करिब २८ क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका–७ मा झाडीभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो।
प्रहरी टोलीले ८५ वटा बोरामा प्याक गरी लुकाएर राखिएको कुल २ हजार ८ सय २० किलो ५ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

बरामद गाँजाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
