काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी उतारचढाव देखिएको छ। बिहीबारको तुलनामा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेर २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको थियो। तर शुक्रबार सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ कायम भएको थियो। शुक्रबार भने चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

