Lite Nepal

आइतबार, कार्तिक २२, २०८३

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले १५३ रनको सामान्य योगफल बनाएको छ।

ओमानमा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएको समूह चरणको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४१ ओभरमा १५३ रन बनाउँदै अलआउट भएको हो।

नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रनको योगदान दिए। सचिन भट्टले ३२ रन बनाउँदा दर्श सोनार र निरज यादवले समान १६-१६ रन जोडे। आशिष लुहारले ११ रन बनाए।

युएईका बलरले नेपाली ब्याटरलाई दबाबमा राख्दै नियमित अन्तरालमा विकेट लिए। नेपाललाई सस्तैमा समेट्ने क्रममा नसीम खानले सर्वाधिक पाँच विकेट हात पारे।

त्यस्तै, अयान मिसबाहले तीन तथा नूरउल्लाह अयोबीले दुई विकेट लिँदै नेपालको इनिङ्स समाप्त पारे।

प्रतियोगिताको पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको हो।

नेपालले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा युएईलाई जितका लागि निर्धारित ५० ओभरभित्र लक्ष्य पूरा गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं