Lite Nepal

आइतबार, कार्तिक २२, २०८३

भद्रपुर । सशस्त्र प्रहरी बल, नेपालले भद्रपुरबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइएको भारतीय फूलमाला बरामद गरी नष्ट गरेको छ ।

आज दिउँसो १२:०० बजेतिर सशस्त्र प्रहरी बल नेपालको २ नं. गणबाट खटिएको गस्ती टोलीले भद्रपुर नगरपालिका वडा नं. ५ स्थित देवीबस्ती इलाकामा रु २५ लाख ६३ हजार ४०० मूल्य बराबरको फूलमाला बरामद गरेको गणपति सचिन कर्माचार्यले जानकारी दिए ।

बरामद गरिएका सयपत्री लगायतका फूल मालाहरू गणको कार्यालय परिसरभित्र खाली जग्गामा खाल्डो खनी पुरेर नष्ट गरिएको उनले बताए । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा स्थानीय किसानले उत्पादन गरेको फूल नै तिहारमा पर्याप्त हुने जनाउँदै आयातित पूmल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं