Lite Nepal

आइतबार, कार्तिक २२, २०८३

काठमाडौं । ओमानमा जारी एसीसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)सँग नेपालले सात विकेटको हार व्यहोरेको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा नेपालले भारतसँग १० विकेटको पराजय व्यहोरेको थियो । यूएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ । आइतबार नेपालले दिएको १५४ रनको सामान्य लक्ष्य यूएईले ३४.४ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

यूएईका निम्ति अयान मिस्बाहले अविजित ७५, आयिन किरण राईले ३२, अहमद खुदादादले २४ र ओमर तौकिरले ११ रन जोडे ।

नेपालका कप्तान विपिन रावल, नितेश पटेल र सुशील रावलले समान एक/एक विकेट लिए ।

त्यसअघि, ओमानको अलमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो । नेपालका निम्ति सोहेल कुँवरले ३३, सचिन भट्टले ३२, निरजकुमार यादव र दर्श सोनारले समान १६/१६ रन जोडे ।

यूएईका निम्ति नसीम खानले आठ ओभरमा एक मेडनसहित ४३ रन दिएर सर्वाधिक पाँच विकेट लिए ।

नेपालले अब प्रतियोगिताको तेस्रो खेलमा मंगलबार पाकिस्तानको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं