काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले र चाँदीको मूल्य ४५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८५५ रुपैयाँ पुगेको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम रहेको थियो। आइतबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको हो।
