Lite Nepal

मंगलबार, कार्तिक २४, २०८३

वीरगञ्ज । यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढ्न थालेपछि प्रहरीले त्यस्ता बस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ ।

जिल्लामा पटाका पड्काउने क्रममा छर्राले लागेर बालकको मृत्यु भएपछि प्रहरीले त्यसको नियन्त्रणमा थप निगरानी बढाएको हो । गत सोमबार मात्रै पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाको छर्रा लागेर पाँच वर्षीय बालक कुन्दन सहनीको मृत्यु भएको थियो ।

जिल्ला पहरी कार्यालयले सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगलाई नियन्त्रणमा विशेष गस्ती र निगरानी बढाएको नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार, चाडपर्वका बेला ग्रामीण बस्ती तथा बजार क्षेत्रमा पटाका सहजै उपलब्ध हुने अवस्था भएपछि प्रहरी प्रशासनको निगरानी र नियन्त्रण संयन्त्र कार्यलाई सक्रिय बनाएको छ । त्यस क्रममा प्रहरीले सीमा क्षेत्रदेखि ग्रामीण बस्तीसम्म निगरानी बढाएको छ ।

प्रहरीले यसअघि पनि चाड पर्वमा पटाका र विस्फोटकजन्य सामग्रीबाट टाढा रहन पटक–पटक अनुरोध गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं