Lite Nepal

मंगलबार, कार्तिक २४, २०८३

झापा । झापाको कमल गाउँपालिकामा जुवाजन्य तास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ परेका छन् ।

कमल गाउँपालिका–५ निवासी ४५ वर्षीया गीता भुजेलको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरू नगद एक लाख १८ हजार दुई सय रुपैयाँसहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भुजेलको घरमा कानुनबमोजिम खानतलासी गर्दा हारजित हुने गरी जुवाजन्य तास खेलिरहेको अवस्थामा उनीहरूलाई फेला पारेको थियो ।

प्रहरीले जुवाखालबाट नगद एक लाख १८ हजार दुई सय रुपैयाँ, पाँच बुक तास र नौ थान मोबाइल बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा घरधनी गीता भुजेलसहित कमल गाउँपालिका–५ का ३१ वर्षीय अशोक पौडेल, ४० वर्षीय अमर धिताल, ४८ वर्षीय देवेन्द्र कुइँकेल, गीता भुजेलका छोरा सबिन भुजेल, ४५ वर्षीय सहदेव घिमाल, ४१ वर्षीय बाबुराम राई, १८ वर्षीय राज राजवंशी, ३५ वर्षीय दीपक घिमाल, ४७ वर्षीय अर्जुन थापा, ५३ वर्षीय दुर्गाप्रसाद अधिकारी र ३७ वर्षीय तिलकबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं