Lite Nepal

शुक्रबार, कार्तिक २७, २०८३

विराटनगर । सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको इनरूवा नगरपालिका-८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी मोरङको केराबारी गाउँपालिका-२ फाइवा बस्ने ३१ वर्षीया पार्वती लिम्बु सोही ठाउँस्थित बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी सिन्धुलीको मरिण गाउँपालिका-२ मुङ्ग्रे दोभान बस्ने ६५ वर्षीय मानबहादुर माझी सोही ठाउँस्थित मरिण खोलाको किनारमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी तनहुँकझ व्यास नगरपालिका-१० दुम्सीकोट बस्ने ६७ वर्षीय मिनबहादुर थापा सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं