गोरखा । गोरखाको धार्चे गाउँपालिका–१, यारू पुल नजिक बगरमा भीषण सुक्खा पहिरो खसेको छ। आज बिहान उक्त स्थानमा पहिरो खसेको हो। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्माका अनुसार उक्त क्षेत्रमा बाटो बन्द रहेकाले मानवीय तथा भौतिक क्षति हुन पाएन। पहिरोबारे थप जानकारी संकलन गर्न प्रहरी टोली घटनास्थलमा पुगेको उनले बताए।

