काठमाडौं । ललितपुर महानगरपालिका – १० को कार्यालयसँगै देब्रेपट्टि रहेको एक घरमा आगलागी भएको छ । शनिबार दिउँसो सो भवनमा आगलागी भएको हो ।
युएन पार्कको ठिक अगाडि अवस्थित उक्त भवनमा सेकुवालय नामको रेस्टुरेन्ट सञ्चालनमा थियो ।

दमकलको सहायतामा आगोलाई अहिले पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको प्रहरी परिसर जावलाखेलले जानकारी दिएको छ ।
