Lite Nepal

शनिबार, कार्तिक २८, २०८३

काठमाडौं । महिला यू–१९ ‘ए’ महिला क्रिकेटमा भारतविरुद्ध नेपाल १२५ रनले पराजित भएको छ । शनिबार (कात्तिक २८) सम्पन्न खेलमा भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो ।

नेपालका निम्ति सावित्री धामीले १९ रन बनाइन् । तृषना विश्वकर्माले १८ रन जोडिन् । बाँकी नेपाली ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

भारतका निम्ति बलिङतर्फ मैत्री मनियारले तीन ओभरमा एक मेडनसहित सात रन दिएर सर्वाधिक चार विकेट लिइन् ।

त्यसअघि, बेंग्लुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (सीसीसीआई)को क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनाएको थियो ।

भारतका निम्ति भाविका अहिरेले ४८, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले ३५/३५ र इरा जाधवले २६ रन बनाए ।

नेपालका निम्ति बलिङतर्फ टीका साहले दुई, रचना चौधरी र आशिका महराले समान एक/एक विकेट लिए ।

भारत भ्रमणअन्तर्गत शृंखलाको पहिलो खेलमा नेपाली टोली नौ विकेटले पराजित भएको थियो । नेपालले अब तेस्रो खेल बुधबार (मंसिर २) खेल्ने तालिका छ ।

नेपालले आउँदो वर्ष घरेलु मैदानमा आयोजना हुने यू–१९ विश्वकपको तयारीका निम्ति भारतमा अभ्यास गरिरहेको हो । -रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं