Lite Nepal

आइतबार, कार्तिक २९, २०८३

सुनसरी । सुनसरीको गढी गाउँपालिका–२ औराबनीस्थित इँटा भट्टाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका लत्ताकपडा तथा जुत्ता–चप्पल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शनिवार साँझ ७ बजे नियमित गस्तीका क्रममा उक्त सामान बरामद गरेको हो।

प्रहरी टोलीलाई देखेपछि दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार चालकले सामान बोकेको बोरा फालेर मोटरसाइकलसहित फरार भएका थिए। प्रहरीले उक्त बोरा खोलेर चेकजाँच गर्दा अन्दाजी १ लाख ६१ हजार ९ सय रुपैयाँ बराबरका भन्सार छलीका लत्ताकपडा तथा जुत्ता–चप्पल फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। फरार मोटरसाइकल तथा चालकको पहिचान र खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं