Lite Nepal

सोमबार, कार्तिक ३०, २०८३

धनगढी । बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्। बुंगल नगरपालिका–१० को टुमेडामा बिहान करिब साढे १० बजे नम्बर नखुलेको अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)  टेकबहादुर जोराका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बुंगल नगरपालिका–१० की अन्दाजी ४० वर्षीया राजमति महरा, १५ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महरा रहेका छन्।

अटोमा सवार एक बालक भने दुर्घटनापछि बेपत्ता भएका छन्। उनको खोजी कार्य भइरहेको डीएसपी जोराले जानकारी दिए। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं