Lite Nepal

मंगलबार, मंसिर ०१, २०८३

विराटनगर । मोरङको रतुवामाईमा सेप्टिक ट्यांकीभित्र ४ वर्षीय बालकको शव फेला परेको छ ।

रतुवामाई नगरपालिका–५ गोविन्दपुरका स्थानीय आशिक राजवंशीका ४ वर्षीय छोरा रञ्जन राजवंशीको शव घरदेखि करिब ७०० मिटर पूर्व कार्की टोलस्थित मोहम्मद अब्दुल्लाको निर्माणाधीन घरकाे सेप्टिक ट्यांकीभित्र फेला परेको हो ।

बालक आइतबार बिहान करिब ११ बजेतिर घरनजिकै रहेको ठूलो बुबाको घरमा खेल्न गएका थिए । खेल्ने क्रममा बुवाले घर फर्कन भनेपछि उनी घर नगई बेपत्ता भएका थिए ।

बालक घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो । खोजीका क्रममा सोमबार दिउँसो करिब १२ः३० बजे स्थानीय सिलिया देवीले निर्माणाधीन घरमा रहेको सेप्टिक ट्यांकीका लागि खनिएको खाल्डोमा जमेको पानीमा बालक डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं