Lite Nepal

मंगलबार, मंसिर ०१, २०८३

काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी)  दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । कार्कीले गत २० कात्तिकमा दायर गरेको रिटमाथि सर्वोच्चले तिहार बिदापछि ३० कात्तिकमा सुनुवाइको मिति तोकेको थियो । तर, सरकारले उक्त दिन छठ पर्वको सार्वजनिक बिदा दिएपछि सुनुवाइ सरेको थियो ।

तिहार र छठ पर्वको बिदापछि मंगलबारदेखि अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि सुनुवाइको मिति तय गरेको हो । कार्कीको रिटमाथि एकल इजलासमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

सरकारले गत १८ कात्तिकमा तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई उक्त जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)  डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।

मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी रहेको र त्यसबाट आफू अन्यायमा परेको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं