Lite Nepal

मंगलबार, मंसिर ०१, २०८३

विराटनगर । बाराको अमलेखगन्जबाट मोरङको विराटनगरका लागि डिजेल बोकेर ल्याइरहेको ट्यांकरबाट इन्धन चोरी भएको छ ।

सोमबार सुनसरीको इनरुवामा पार्किङ गरेर राखिएको अवस्थामा को १ ख २३३९ नम्बरको ट्यांकरबाट १ हजार ५८० लिटर डिजेल चोरी भएको हो ।

पार्किङ गरेर राखिएको ट्यांकर इनरुवा नगरपालिका–६, हलेसी चोकमा पुर्याएर चोरी गरेको फेला परेको प्रहरीले जनाएको छ ।

ट्यांकर भेटिए पनि त्यसबाट एक हजार ५८० लिटर डिजेल चोरी गरिएको पाइएको नेपाल आयल निगमको कोसी प्रादेशिक कार्यालयका प्रमुख पुष्कर कार्कीले जानकारी दिए ।

चालकलाई हिरासतमा राखेर प्रहरीले थप छानबिन गरिरहेको छ । जनकपुरको ओम ढुवानी सेवाको उक्त ट्यांकर विराटनगरबाट चलाइँदै आएको थियो ।

यस अघि गत असार ७ गते पनि मोरङको कञ्चनबारीस्थित चारैतिरबाट घेरिएको अग्लो पार्किङस्थलबाट २० हजार लिटर पेट्रोल भरिएको को १ ख ६१९० नम्बरको ट्यांकर पनि चोरी भएको थियो । त्यसबाट करिब ९७३ लिटर इन्धन चोरी भएको थिया भने ०७८ भदौ १३ गते पनि विराटनगरस्थित प्रादेशिक डिपोको पार्किङस्थलबाटै तेल भरिएको ट्यांकर चोरी भएको थियो । उक्त घटनामा प्रहरीले विराटनगर महानगरपालिका–४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको थियो ।

यसबाहेक ०७५ सालमा दुईपल्ट र ०७७ मा एकपटक पार्किङस्थलबाटै ट्यांकर चोरेर तेल गायब पारिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं