विराटनगर । शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १२ दशमलव ७९ अंकले घटेर २,६३६ को विन्दुमा कायम भएको छ ।
आज ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८५ कम्पनीको शेयर मूल्य घटेको छ । ३५३ कम्पनीको १ करोड १२ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड माथिको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै नबिल डिबेञ्चर २०८९ को कारोबार भएको छ, यसको २८ करोड ९१ लाख रुपैयाँको इकाई कारोबार भएको छ । यस्तै घलेम्दी हाइड्रोको २० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको १९ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ११ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । यस्तै सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् भने अपोलो हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ३६ प्रतिशतका दरले गुमाएका हुन् ।