Lite Nepal

मंगलबार, मंसिर ०१, २०८३

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु बधशाला तथा मासु जाँच ऐनको कार्यान्वयन सुरु गरेको छ । आमउपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मासुजन्य खाद्यपदार्थको स्वच्छता, गुणस्तर र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले ऐन कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाएको हो ।

मंगलबार (मंसिर १)देखि काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानमा पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा ल्याइएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाबाट स्वस्थ मासुमा छाप लगाउने कार्य सुरु गरिएको हो ।

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मासुको स्वच्छता र गुणस्तर नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण विषय भएको बताइन् ।

“नागरिकले उपभोग गर्ने मासु स्वच्छ, स्वस्थ र गुणस्तरीय हुनुपर्छ । यो विषय आमनागरिकको जीवन र प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको छ,” उनले भनिन्, “त्यसैले पशु बधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको हो । यसको कार्यान्वयनलाई सुरुआतमा मात्र सीमित नराखी निरन्तरता दिने हाम्रो योजना छ ।”

कुखुरा, राँगा र खसीको मासु परीक्षण गरी स्वस्थ मासुमा छाप लगाउने कार्यबाट यसको सुरुआत गरिएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

ऐनको प्रभावकारी कार्यान्वयनका निम्ति सम्बन्धित स्थानीय तहले नियमित अनुगमन तथा निरीक्षण गर्नेछन् । यसबाट मासुको स्वच्छता र गुणस्तर कायम गर्न तथा उपभोक्ताको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं