Lite Nepal

बुधबार, मंसिर ०२, २०८३

विराटनगर । सशस्त्र प्रहरी बलले मोरङका विभिन्न सीमा क्षेत्रबाट १० लाख ३० हजार ४५० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतको सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेका सामान बरामद गरेको हो।

बरामद गरिएका सामानमा मोटरसाइकल एक थान, स्कुटर एक थान, भन्सार छली गरी प्रयोग भइरहेको भारतीय इलेक्ट्रिक स्कुटर एक थान, मोटर पार्ट्स, खुर्सानी, धागो र चाइनिज नास्पाती रहेका छन्।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं