विराटनगर । नेपाली बजारमा आज बुधबार पनि सुनको भाउमा भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ हजार ३०० रुपैयाँले घटेको छ।

योसँगै प्रतितोला सुन २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी आज चाँदीको भाउ पनि तोलामा ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।