Lite Nepal

बिहिबार, मंसिर ०३, २०८३

झापा । झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिन गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ। गए राति करिब १०ः४० बजे बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा दुर्घटना भएको हो।

राजगढबाट चारपानेतर्फ आउँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन गाडी एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम, थर र ठेगाना तत्काल खुल्न सकेको छैन। अन्दाजी ३०/३५ वर्षका एक पुरुषको घटनास्थलमै मृत्यु भएको जनाइएको छ भने अर्का मृतकको विवरण पनि पहिचान हुन बाँकी रहेको छ।

दुर्घटनापछि धान काट्ने मेसिन गाडी छाडेर चालक फरार भएका छन्। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं