Lite Nepal

बिहिबार, मंसिर ०३, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटको दोस्रो क्वालिफायरमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टीमबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन लागेको हो ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग सुदूरपश्चिम रोयल्स ६ विकेटले पराजित भएको थियो ।

सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल अगावै ४ विकेट गुमाएर फाइनल यात्रा सुरक्षित गरेको थियो ।

यता चितवन राइनोजले इलिमिनेटर चरणमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो ।

बुधबार भएको इलिमिनेटरमा चितवन राइनोजले काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको हो ।

यो हारसँगै काठमान्डु प्रतियोगिताबाट बाहिरियो । जितसँगै चितवन राइनोले दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग भेट पक्का गरेको हो ।

दोस्रो क्वालिफायर खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं