Lite Nepal

शुक्रबार, मंसिर ०४, २०८३

विराटनगर । प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १:४५ बजे नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत भारतको राजकीय भ्रमणमा जाने भएका छन् ।

भारत भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको प्रेस ब्रिफिङ अनुसार भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत सहभागी हुनेछन्।

भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय टोली पनि सहभागी हुनेछ । उनीहरू आफ्नै खर्चमा भारत जान लागेका हुन् । निजी खर्चमै केही सञ्चारकर्मी पनि भ्रमण टोलीमा सहभागी हुनेछन्।

प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।

वार्तामा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाबारे छलफल हुनेछ।

भ्रमणका क्रममा केही सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी पनि छ।

दुई दिने भारत भ्रमण सकेर उनी सोमबार साँझ ६:३५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं