Lite Nepal

शनिबार, मंसिर ०५, २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमा डेटा सेन्टर निर्माण गर्ने अमेरिकी प्रविधि कम्पनीहरूलाई भारी कर तथा जरिबाना लगाउने चेतावनी दिएका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा यसका लागि आवश्यक पूर्वाधारको क्षेत्रमा चीनसँगको प्रतिस्पर्धामा अमेरिकी अग्रता कायम राख्न यस्तो नीति आवश्यक रहेको उनको भनाइ छ ।

शुक्रबार चीन भ्रमणपछि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । यद्यपि, यस विषयमा आफूले सरकारी अधिकारीहरूसँग छलफल नगरेको उनले स्पष्ट पारे ।

ट्रम्पले अमेरिकी समुदायहरूलाई डेटा सेन्टर निर्माणका अवसरको लाभ लिन आग्रह गर्दै यस्ता परियोजनाबाट स्थानीय बासिन्दाले आर्थिक लाभ तथा आवश्यक पूर्वाधार र सुविधा प्राप्त गर्नुपर्ने बताए ।

उनले एआई क्षेत्रमा अमेरिका र चीन मात्रै अग्रस्थानमा रहेको उल्लेख गर्दै यस क्षेत्रमा अमेरिकी नेतृत्व कायम राख्नुपर्नेमा जोड दिए । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको वार्तामा एआईका लागि संयुक्त सुरक्षा मापदण्ड निर्माण गर्ने विषयमा सहमति भएको पनि ट्रम्पले जानकारी दिए ।

चिप्स तथा अन्य रणनीतिक प्रविधि उद्योगको लगानी विदेशिने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले यस्ता उद्योग तथा पूर्वाधारको विस्तार अमेरिकाभित्रै गर्नुपर्ने धारणा राखे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं