काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अहिले राक्षसीराज चलिरहेको टिप्पणी गरेका छन् । एमालेको जनवर्गीय संगठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । राक्षसीराज जारी रहे नेशनल युथ फोर्स आन्दोलनमा उत्रिने उनले चेतावनीसमेत दिए ।
आफूलाई विनाकारण गिरफ्तार गरेर सरकारले राक्षसीराज सञ्चालन गरिरहेको पुष्टि गरेको ओलीको भनाइ थियो । पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष भइसकेको व्यक्तिलाई सरकारले विनाकारण १३ दिन हिरासतमा राखेको उनले दाबी गरे ।

पार्टी अध्यक्ष पक्राउ परेपछि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका कार्यकर्तामाथि सरकारले दुर्व्यवहार गरेको आरोपसमेत उनले लगाए । अब शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरिए नेशनल भोलेन्टियर्स फोर्सले प्रतिवाद गर्ने उनको चेतावनी थियो ।

नेशनल भोलेन्टियर्स फोर्स देखाउनका लागि मात्रै गठन नगरिएको उल्लेख गर्दै ओलीले उक्त संगठन आफैँ निहुँ नखोज्ने तर कसैले निहुँ खोजे चुप लागेर नबस्ने बताए ।