Lite Nepal

शनिबार, मंसिर ०५, २०८३

सुर्खेत । दैलेखमा बाबुले बन्चरो प्रहार गर्दा दुई सन्तानको मृत्यु भएको छ भने श्रीमतीसहित अर्का एक छोरा गम्भीर घाइते भएका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान करिब ९ः३५ बजे आफ्नै परिवारका सदस्यहरूमाथि बन्चरो प्रहार गरेका हुन् ।

सामान्य घरायसी विवादका क्रममा उनले श्रीमती र तीन जना सन्तानमाथि बन्चरो प्रहार गर्दा चारै जना गम्भीर घाइते भएका थिए । घाइते हुनेमा ३५ वर्षीया श्रीमती मनीषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिश्मा सलामी रहेका छन् । उनीहरू सबैको टाउकोमा गम्भीर चोट लागेको थियो ।

घटनालगत्तै घाइते चारै जनालाई एम्बुलेन्समार्फत उपचारका लागि नगर अस्पताल दुल्लु पुर्‍याइएको थियो । उपचारका क्रममा १२ वर्षीय तपेन्द्र र ३ वर्षीया करिश्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार चिकित्सकले शनिबार बिहान ११ः१० बजे उनीहरूलाई मृत घोषणा गरेका थिए । गम्भीर घाइते मनीषा र ६ वर्षीय मिलनलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ ।

घटनामा संलग्न अम्बर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं