सात दिनभित्र विश्वासको मत लिने तयारी
काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ ।
प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादवलाई शनिबार नेपालको संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

दोस्रो पटक मधेश प्रदेश सरकारको नेतृत्व गर्न लागेका यादवका लागि अब प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु प्रमुख संवैधानिक चुनौती बनेको छ । उनले मुख्यमन्त्री नियुक्त भएको सात दिनभित्रै विश्वासको मत लिने बताएका छन् ।

संविधानअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।