Lite Nepal

मंगलबार, मंसिर ०८, २०८३

 

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय ले कक्षा १० मा अध्ययनरत परीक्षार्थीका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फाराम भर्ने म्याद १५ दिन थप गरेको छ।

कार्यालयले मंगलबार दोस्रोपटक सूचना जारी गर्दै आवेदन फाराम भर्ने समयावधि थप गरिएको जनाएको हो। यसअघि कात्तिक ९ गते जारी सूचनाअनुसार मंगलबारसम्म आवेदन फाराम भर्ने समय तोकिएको थियो। तर दसैँ, तिहार तथा छठ पर्वका सार्वजनिक बिदाका कारण निर्धारित समय अपुग भएको भन्दै विभिन्न विद्यालयले म्याद थप गर्न माग गरेका थिए।

विद्यालयहरूको मागलाई सम्बोधन गर्दै कार्यालयले आवेदन फाराम भर्ने तथा राजस्व बुझाउनेलगायतका सम्पूर्ण प्रक्रिया पूरा गर्ने अन्तिम म्याद मंसिर २५ गतेसम्म कायम गरेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं