काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्वीर सार्वजनिक गर्दै उनीहरूको प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको तस्वीरमा उनी वाग्ले र खनालसँग जहाजभित्र उभिएको देखिन्छन् । भारत भ्रमणका क्रममा खिचिएको उक्त तस्वीरसँगै उनले दुई मन्त्रीलाई मिहिनेती व्यक्तिका रूपमा चित्रण गरेका छन् ।

तस्वीरको क्याप्सनमा शाहले लेखेका छन्, ‘देश उभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरु !’

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा गएका थिए । भ्रमणकै क्रममा खिचिएको तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्रीले आफ्नो टोलीप्रति विश्वास र प्रशंसा व्यक्त गरेका हुन् ।
यसअघि पनि प्रधानमन्त्री शाहले मन्त्री सुधन गुरुङ र सुनिल लम्सालसँगको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै टिप्पणी गरेका थिए ।