Lite Nepal

मंगलबार, मंसिर ०८, २०८३

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

वीरेन्द्रनगरस्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको आर्मीले कोशी प्रदेशलाई ६५ रनमै समेटेको थियो । कोशीले निर्धारित इनिङ्स पूरा गर्नुअघि नै सबै विकेट गुमाएको थियो ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रन बनाइन् । ३६ बलको सामना गरेकी उनले एक छक्का र पाँच चौका प्रहार गरिन् ।

रुविना महलाले पाँच तथा सृजनाकुमारी राजवंशीले चार रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

कोशीलाई सस्तैमा समेट्ने क्रममा आर्मीकी यमुना थारुले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले दुई ओभर मेडन राख्दै ६ रन मात्र खर्चिइन् ।

मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, ईश्वरी विष्ट, लक्ष्मी साउँद र संगीता गुरुङले एक–एक विकेट लिए ।

६६ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले १३।१ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । आर्मीका लागि ओपनर विन्दु रावलले सर्वाधिक २१ रन बनाइन् । २८ बल खेलेकी उनले तीन चौका प्रहार गरिन् ।

त्यस्तै रुबी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिइन् ।

कोशीका कप्तान रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिइन् । उत्कृष्ट बलिङ प्रदर्शन गरेकी आर्मीकी यमुना थारु खेलको प्लेयर अफ द म्याच घोषित भइन् ।

महिला क्रिकेटको उद्घाटन खेलमा जित निकाल्दै आर्मीले दशौँ राष्ट्रिय खेलकुदमा आफ्नो उपाधि यात्राको सुरुवात गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं