काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच ५ घण्टा छलफल भएको छ ।
भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्री बालेनले बुढानीलकण्ठस्थित लामिछानेको निवासमा बिहीबार ५ घण्टा छलफल गरेका हुन् ।

छलफल भारत भ्रमणका उपलब्धि, आगामी निर्वाचन, संसद् अधिवेशन लगायतका विषयमा केन्द्रित रहेको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

भेटमा विभिन्न अध्यादेशबारे पनि छलफल भएको थियो ।