Lite Nepal

बिहिबार, मंसिर १०, २०८३

काठमाडौं । मलेसियामा कामदार ठगी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका आरोपीलाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं अदालतले थुना अनुमति दिएको छ ।

अदालतले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बिहीबार थुना अनुमति दिएको हो । यसअघि उनीहरूलाई २ दिन थुना अनुमति दिइएको थियो । अनुसन्धानको थुना म्याद सकिएपछि प्रहरीले थप अनुसन्धान गर्नुपर्ने अवस्था रहेको भन्दै पुनः म्याद थपका लागि माग गरेको थियो ।

यस्तै, बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासहित तीन जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धानका लागि अदालतले अनुमति दिएको छ ।

सापकोटासँगै व्यवसायी महेश श्रेष्ठ र सुशील भट्टलाई पनि थप पाँच दिन थुना म्याद थप भएको छ । इनम सापकोटासँग ‘कनेक्सन’ देखिएको आरोपमा श्रेष्ठ र भट्ट पक्राउ परेका थिए ।

उनीहरूमाथि बैकिङ कसुर र सम्पत्ति शुद्धीकरण आरोपमा अनुसन्धान भइरहेको छ । श्रेष्ठ कीर्तिपुरमा सञ्चालित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् । यस्तै, भट्ट लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं